Kathmandu Press

प्रधानमन्त्री कप भलिबल प्रतियोगिता, हेल्प नेपालको जित

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टिपटप हेल्प नेपालले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै विजयी भएको हो।
प्रधानमन्त्री कप भलिबल प्रतियोगिता, हेल्प नेपालको जित

काठमाडाैं, असार २८ : राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसीपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल विजयी भएको छ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टिपटप हेल्प नेपालले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै विजयी भएको हो।

हेल्प नेपालले एपएिफमाथि २७–२५, २५–१७, २१–२५, २३–२५ र १६–१४ ले पराजित गर्दै विजयी भएको हो। यस जितसँगै हेल्प नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले शुक्रबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।

प्रतियोगितामा पुरुषतर्फ सात टोलीको सहभागिता रहेको छ भने महिलातर्फ छ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल यही असार ३० गते हुनेछ । 

प्रकाशित मिति: १७:५६ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्