कोरोना भाइरसबाट चीनमा एकै दिन २४२ काे मृत्यु
काठमाडौं, फागुन १ : चीनमा फैलिएको कोरोना भाइरसबाट एकै दिन दुई सय ४२ जनाको मृत्यु भएको छ। यो डेढ महिनाको अवधिममा अहिलेसम्मकै धेरै संख्या हो।
....

काठमाडौं, फागुन १ : चीनमा फैलिएको कोरोना भाइरसबाट एकै दिन दुई सय ४२ जनाको मृत्यु भएको छ। यो डेढ महिनाको अवधिममा अहिलेसम्मकै धेरै संख्या हो।
चीनको हुवाई प्रदेश सरकारले जारी गरेको तथ्यांकअनुसार, बुधबार दुई सय ४२ जनाको मृत्यु भएको हो। उनीहरूको हुवाइ प्रदेशमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ।
योसँगै अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय पुगेको छ। प्रत्येक दिन मृत्यु हुनेको संख्या बढिरहेको विश्व स्वास्थ्य संघ (डब्लूएचओ)ले जनाएको छ।
त्यस्तै, चीनमा कोरोना भाइरसबाट संक्रमितको संख्या पनि बढ्दै गएको छ। बुधबार मात्रै नयाँ १४ हजार मान्छेमा संक्रमण देखिएको छ। अहिले चीनलगायत संसारभर ६० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको जनाएको छ।
अहिलेसम्म कोरोना भाइरसको संक्रमण २७ देशमा देखिएको छ। सबैभन्दा बढी चीनमा नै रहेको छ। त्यसपछि जापानमा दुई सय ४७ जनामा संक्रमण देखिएको छ। जापानमा २८ जनामा संक्रमण देखिएको छ भने पानीजहाजमा रहेका दुई सय १९ जनामा पनि संक्रमण देखिएको जनाएको छ।
यसैगरि अस्ट्रेलियामा १५, बेल्जियममा एक, कम्बोडियामा एक, क्यानाडामा सात, फिनल्यान्डमा एक, फ्रान्समा ११? जर्मनीमा १६, हङकङमा ५०, भारतमा तीन, इटालीमा तीन, मकाउमा १०, मलेसियामा १८, नेपालमा एक र फिलिपिन्समा तीन जनामा संक्रमण देखिएकाे छ।
त्यस्तै, रुसमा दुई , सिंगापुरमा ५०, दक्षिण कोरियामा २८, स्पेनमा दुई, श्रीलंकामा एक, स्विडेनमा एक, ताइवानमा १८, थाइल्यान्डमा ३३, यूएईमा आठ, बेलायतमा नौ, अमेरिकामा १४ र भियतनाममा १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको डब्लूएचओले जनाएकाे छ।
जापानामा पानी जहाजमा रहेका यात्रुमा संक्रमण देखिएपछि जहाजलाई नै क्वारेन्टाइनमा राखिएको छ। पानी जहाजमा एक हजार चार सय ५५ जना रहेका छन्।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
