बंगलादेशसँग भीड्दै नेपाली महिला टिम
नेपाल र बंगलादेशबीचको यो खेल ढाकास्थित मुस्तफा कमल स्टेडियममा साँझ सवा ५ बजे हुनेछ।
काठमाडौं, असार २८ : नेपाली महिला फुटबल टिमले आज मैत्रीपूर्ण खेलमा घरेलु टोली बंगलादेशको सामाना गर्दैछ। नेपाल र बंगलादेशबीचको यो खेल ढाकास्थित मुस्तफा कमल स्टेडियममा साँझ सवा ५ बजे हुनेछ।
नेपाली महिला टिम एसियन गेम्सको तयारीका लागि दुई मैत्रीपूर्ण खेल खेल्न बंगललादेश पुगेको हो। गत वर्षको साफ च्याम्पियनसिपको फाइनल खेलेका यी दुई टिम त्यसपछि पहिलोपटक भिड्न लागेका हुन्। त्योबेला नेपाल ३–१ले पराजित भएको थियो।
नेपालले त्यो फाइनल फाइनलपछि चार खेल मात्रै खेलेको छ । जसमा दुईमा बराबरी र दुई खेलमा पराजित बनेको छ।
आजको खेल निकै प्रतिस्पर्धात्मक हुने प्रशिक्षक अनन्तराज थापाले जनाए । स्टार खेलाडी सावित्रा भन्डारीको उत्कृष्ट फर्मका कारण आत्मविश्वास बढेको उनले बताएका छन्।
बंगलादेशलाई साफमा ऐतिहासिक उपाधि दिलाएका प्रशिक्षक गोलन रोबान्नी छोटन भने अहिले टिममा छैनन् । उनको स्थान मेहबुर रहेमान लिटुले टिमको नेतृत्व सम्हाल्नेछन् । नेपाललाई कमजोर आँक्न नसक्ने प्रशिक्षक लिटुले बताए ।
पछिल्लो ८ महिनामा बंगलादेशले कुनै खेलेको छैन। नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्नेछ।











