Kathmandu Press

एनभिए भलिबल : आर्मीसँग एपिएफ पराजित, टिपटप हेल्पले पुलिसलाई जित्यो

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको खेलमा आर्मीले एपीएफमाथि ३–२ को सेटमा जित हात पारेको हो। खेलको पहिलो सेट २५–१८ ले एपीएफ विजयी भएको थियो भने एपीएफले दोस्रो सेट १६–२५ ले गुमाएको थियो।
एनभिए भलिबल : आर्मीसँग एपिएफ पराजित, टिपटप हेल्पले पुलिसलाई जित्यो

काठमाडौं, असार २७ : काठमाडौंमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको खेलमा आर्मीले एपीएफमाथि ३–२ को सेटमा जित हात पारेको हो। खेलको पहिलो सेट २५–१८ ले एपीएफ विजयी भएको थियो भने एपीएफले दोस्रो सेट १६–२५ ले गुमाएको थियो।

तेस्रो सेट एपीएफले २६–२४ ले जितेको थियो। चौथो सेट आर्मीले २८–२६ ले जितेको थियो भने पाचौ तथा निर्णायक सेट १७–१५ ले जित्दै आर्मीले महत्वपुर्ण २ अंक पाउन सफल भयो। आर्मीको यो लगातार चौथो जित हो। एपीएफ भने प्रतियोगितामा पहिलो पटक पराजित भएको हो।

त्यस्तै बुधबार नै भएको अर्को खेलमा टिपटप हेल्प नेपालले पुलिसमाथि ३–२ को सेटमा जित हासिल गरेको छ।  हेल्प नेपालले २५–२०, २०–२५, ३०–२८, १८–२५ र २४–२२ को सेटमा पुलिसलाई हराएको हो।

त्यस्तै बुधबारको अर्को खेलमा शैलुङ्ग बागढुंङ्गा स्पोर्ट्स क्लबले दावाली मिलनमाथि रोमान्चक जित हात पारेको छ। फाइनल दौडबाट बाहिरी सकेको शैलुङ्गले दावालीलाई हराउँदै पहिलो जित हात पारेको हो। शैलुङ्गले २५–१९, १४–२५, २२–२५, २५–२१ र १५–१३ को सेटमा जित हात पारेको हो।

प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ। महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ। फाइनल खेल असार ३० गते शनिबार हुनेछ।

प्रकाशित मिति: १७:४२ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्