Kathmandu Press

काठमाडौंमा अब रात्री बसमा सरर ...

काठमाडौं, माघ २९ : काठमाडौं महानगरपालिका क्षेत्र भित्र अब रात्रीकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सहरी यातायात सेवालाई थप प्रभावकारी ....

काठमाडौंमा अब रात्री बसमा सरर ...

काठमाडौं, माघ २९ : काठमाडौं महानगरपालिका क्षेत्र भित्र अब रात्रीकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन महानगरपालिका क्षेत्र भित्र रात्रीकालिन सार्वजनिक यातायात सञ्चालन गरिने भएको हो  महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाईमा विभिन्न सरोकारवाला निकायसँग भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो। 

विगतमा २०६९ साल भदौ १ गतेदेखि काठमाडौँ महानगरपालिकाको केही आर्थिक अनुदानमा रात्रीकालिन सार्वजनिक यातायात सञ्चालनमा आए पनि करीब १८ महिना सञ्चालनमा आएपछि महासंघले सेवा बन्द गरेको थियो। 

अहिले स्थानीय तहमा जनप्रतिनिधि आएपछि रात्रीकालिन सेवालाई थप सहज बनाउँदै दीर्घकालिन रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरोकारवालासँग छलफल भएको मेयर शाक्यले जानकारी दिए। मेयर शाक्यले सकेसम्म चैत्र १ गतेबाट नभए नयाँ वर्षको सुरुवातसँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा सुरु गर्ने गरी कार्यदल नै गठन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे। ‘महानगरपालिकाले यस अघि नै नमूनाका रुपमा टुँडिखेल वरीपरी ‘पिक एण्ड ड्रप’ सुरु गरिसकेको छ । सुरुमा केही आलोचना भए पनि अहिले त्यसको प्रभाव सकारात्मक परेको छ,’ मेयर शाक्यले भने, ‘सार्वजनिक यातायातले यात्रु पर्खिने होइन, यात्रुले चाँहि सार्वजनिक यातायात पर्खिने वातावरण निर्माण गर्दै यात्रुहरुको सहजतालाई पनि ध्यान दिएर हामीले रात्रीकालिन सेवा सुरु गर्न लागेका हौँ ।’ 

मेयर शाक्यले सुरुमा व्यवस्थापनका लागि पर्ने आवश्यकता पूरा गर्न महानगरपालिका तयार रहेको भन्दै दीर्घकालिन सेवा दिने गरी योजना बनाएर ल्याउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई आग्रह गरे। ‘पहिला जस्तो केही समय चलाएर बन्द गर्ने गरी सेवा सञ्चालन गर्ने होइन दीर्घकालिन सेवा दिने योजना बनाउनु होला महानगर सहयोग गर्न तयार छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश–३ संयोजक धर्मराज रिमाल (राजेन्द्र) ले भने, ‘सुरुमा केही ट्क्सी र सार्वजनिक यातायातमा जीपीएस प्रणाली जडान गर्ने, विभिन्न ठाउँमा सीसी क्यामेरा जडान गर्ने, ट्राफिकलाईट जडान गर्ने जस्ता कुरामा हामी ट्राफिक र प्रहरीसँग मिलेर सहयोग गर्छौ ।’ 
मेयर शाक्यले प्रदेश सरकार र केन्द्र सरकार समेत सकारात्मक रहेको भन्दै यो सेवाले रात्रीकालिन व्यवसायको चहल–पहल बढ्ने र त्यसले पर्यटन वर्ष २०२० लाई पनि थप सहयोग पुग्ने बताए।

रिमालले अहिले रत्नपार्कलाइै केन्द्रित गरेर छिमेकी नगरपालिका र लतितपुर, भक्तपुरमा समेत सेवा पुर्याउने गरी १५ ओटा रुट बनाएर सेवा दिने बताए। सुरुमा कम्तीमा पनि ६० ओटा वस दैनिक सञ्चालन गर्न सकिने उनको भनाई थियो।  

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनप्रसाद हमालले पनि कार्यदल बनाएर विवाद नआउने गरी समाधानको बाटो खोज्न तयार रहेको भन्दै सेवा दीर्घकालिन गर्ने कुराको ग्यारेण्टी महासँघले गर्नुपर्नेमा जोड दिए।

महानगरीय ट्राफिक महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक राजकुमार बैदवारले पनि रात्रीकालिन व्यवसायलाई प्रर्वद्धन गर्न र सहरी सेवालाई थप प्रभावकारी बनाउन सेवा सञ्चालन गर्नुको विकल्प नभएको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए।

प्रकाशित मिति: १९:१४ बजे, बुधबार, माघ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्