Kathmandu Press

अख्तियार विरुद्ध न्यायाधीश पनि पुगे सर्वोच्च

काठमाडौं, माघ २९ : चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमले अख्तियारको निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेका छन् । गौतमलाई बालुवाटरको जग्गा हिना....

अख्तियार विरुद्ध न्यायाधीश पनि पुगे सर्वोच्च

काठमाडौं, माघ २९ : चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमले अख्तियारको निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेका छन् । गौतमलाई बालुवाटरको जग्गा हिनामिनामा संलग्न भएको भन्दै भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाएको थियो। 

न्यायाधीश पदमा वहाल रहेको अवस्थामा अख्तियारले नभइ न्याय परिषदले मात्रै छानविन गर्न पाउने उनको दाबी छ । उनको रिटमा भनिएको छ, ‘न्याय परिषद् ऐन, २०७३ को दफा २२ बमोजिम मात्र अभियोजन हुन सक्छ । प्रत्यार्थीबाट अनधिकृत र गैरकानूनी बिधिबाट आरोपपत्र दायर भएको कारणले भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम न्यायाधीश स्वतः निलम्वन हुने अवस्था हुन सक्दैन।’ 

उनलाई अख्तिराले ९ करोड ६५ लाख रुपैयाँ विगो जरिवानासहित कैद सजायको समेत माग गरी मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: १८:१५ बजे, बुधबार, माघ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्