विश्वप्रकाशकी छोरी स्विकृतिको कभर गीत ‘इन्स्टाको फोटो’
काठमाडौं, माघ २९ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माकी छोरी स्विकृतिको स्वरमा कभर सङ ‘इन्स्टाको फोटो’ सार्वजनिक भएको छ।
काठमाडौं, माघ २९ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माकी छोरी स्विकृतिको स्वरमा कभर सङ ‘इन्स्टाको फोटो’ सार्वजनिक भएको छ।
उनले आफ्नै युट्युब च्यानल मार्फत कभर सङ ल्याएकी हुन् । कालिप्रसाद बाँस्कोटाको उक्त गीत युवा पुस्ताले निकै रुचाए छन्। गीतको शब्द, संगीत र स्वर बाँस्कोटा आफैंको हो।
शर्माले बुधबार ट्वीटर मार्फत छोरी स्विकृतिको कभर सङ आएको जानकारी दिएका छन्। ‘छोरी स्वीकृतिको स्वरमा ‘कभर सङ’, ‘इन्स्टाको फोटो’। सबैको सल्लाह र शुभेच्छा ग्रहण गरेर भविस्यमा संगीतमै समर्पित हुन चाहन्छिन् !’ कभर सङ सार्वजनिक गर्दै शर्माले भनेका छन्। शर्मा आफैंले पनि थुप्रै गीत लेख्नुका साथै संगीत समेत गरेका छन्।
प्रकाशित मिति: १६:५१ बजे, बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











