Kathmandu Press

प्रधानमन्त्री कप एनभिए भलिबल : पुलिसकाे लगातार तेस्रो जित

मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा पुलिसले दावाली मिलनमाथि ३–० को सोझो सेट जित निकालेको हो। जसअनुसार पुलिस २५–२१, २५–१९ र २५–१७ को सेटले विजयी भयो।
प्रधानमन्त्री कप एनभिए भलिबल : पुलिसकाे लगातार तेस्रो जित

काठमाडाैं, असार २६ : पुलिस क्लबले काठमाडौंमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा पुलिसले दावाली मिलनमाथि ३–० को सोझो सेट जित निकालेको हो। जसअनुसार पुलिस २५–२१, २५–१९ र २५–१७ को सेटले विजयी भयो।

त्यस्तै मंगलबार नै भएको पुरुषतर्फको अर्को खेलमा गण्डकी प्रदेश टिप टप हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको छ। पराजित भएसँगै गण्डकी लिग चरणबाटै बाहिरिएको छ। खेलमा हेल्प नेपालले गण्डकीमाथि २५–२२, २५–१७ र २८–२६ को जित हात पारेको हो।

त्यस्तै मंगलबार भएको महिलातर्फको खेलमा एपिएफले एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको छ। एपिएफले २५–९, २५–१२, २५–१२ को सोझो सेटमा जित हात पारेको हो।

त्यस्तै अर्को खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबमाथि रोमान्चक जित हात पारेको छ। न्यू डायमण्डले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो। न्यू डायमण्डले २५–१५, २५–२१, १९–२५, २२–२५ र १५–९ को सेटमा जित निकालेको हो।

प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ। महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ। फाइनल खेल असार ३० गते शनिबार छ।

प्रकाशित मिति: १७:१९ बजे, मंगलबार, असार २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्