कोरोनाभन्दा एमसिसी भाइरसले डर फैलायो : सांसद महत
काठमाडौं, माघ २९ : सत्तारुढ नेकपा सांसद गजेन्द्रबहादुर महतले एमसिसीबारे संसदमा गहन छलफल गर्न माग गरेका छन्। चीनमा फैलिएको कोरोना भाइरसले भन्दा ‘....

काठमाडौं, माघ २९ : सत्तारुढ नेकपा सांसद गजेन्द्रबहादुर महतले एमसिसीबारे संसदमा गहन छलफल गर्न माग गरेका छन्। चीनमा फैलिएको कोरोना भाइरसले भन्दा ‘एमसीसी भाइरस’ले डर फैलिएको उनको भनाई थियो।
बुधबार बसेको प्रतिनिधीसभाको बैठकमा बोल्दै महतले एमसिसीबारे अपव्याख्या भएको भन्दै सदनले व्याख्या गर्नुपर्र्नेमा जोड दिए। ‘अस्ति एकजनाले भन्नुभयो, सिसिएमले देश बर्बाद गर्ने भयो। बुझेरै भनेछ जस्तो लाग्यो। फेरी अर्को जनाले भन्नुभयो, सिएमसी भन्ने छलफल हुँदैछ रे। बुझेर मात्रै पास गर्नुहोला है!,’ नेकपा सांसद महतले भने, ‘के भनेको त भन्दा एमसिसी भनेको रहेछ। कसैले सिसिएम, कसैले सिएमसी भनेका छन्। यसको अपव्याख्या भइरहेको छ।’
यसको अपब्याख्याले डर फैलाइरहेको उनको भनाइ थियो। ‘युट्युबमा कताकताको भिडियो हालेर सेनाले बुट बजारेको, क्षेप्यास्त्र हानेको भिडियो हालेर भ्रम फिजाइएको छ,’ सांसद महत भने, ‘कोरोना भाइरसको भन्दा एमसिसीको भाइरस तल्लो तहमा बढी देखिएको छ। संसदमा यसबारे बहस होस् र व्याख्या गरियोस्।’










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
