Kathmandu Press

सिन्धुपाल्चोकमा कोरोना भाइरस होइन : स्वास्थ्य कार्यालय

सिन्धुपाल्चोक, माघ २९ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको जिल्ला स्वास्थ्य ....

सिन्धुपाल्चोकमा कोरोना भाइरस होइन : स्वास्थ्य कार्यालय

सिन्धुपाल्चोक, माघ २९ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए। गुम्बा गाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययन भइरहेको उनले बताए।

अहिले देखा परेको भाइरल सङ्क्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरी उपचार सुरू गरिएको छ। बिरामीमध्ये केहीलाई निकोसमेत भएको प्रमुख चापागाईले बताए।

त्यस्तै, भाइरल सङ्क्रमणबारे जाँच गर्न टेकुस्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यसतर्फ पठाउने जानकारी गराएको उनले बताए।

गुम्बा गाउँ गाउँपालिका केन्द्र भएको स्थानबाट दुई घन्टा पैदल दूरीमा छ। अहिले जलवीरेबाट चिकित्सकको टोली लिएर गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ त्यहाँ पुगेका छन्।

गाउँमा १५० मा रुघाखोकी र ज्वरो देखिएको तथा १० को उपचार भएको छ भने एकको अवस्था गम्भीर रहेको अध्यक्ष श्रेष्ठले बताए। गाउँमा भाइरल सङ्क्रमण भएपछि कोरोना भाइरसको लक्ष्यणसँग मिल्दोजुल्दो भएको भन्दै गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचारसमेत गरको छ। तीन दिनदेखि बिरामीको सङ्ख्या बढेको हो।

दुईजना स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, मास्क र पञ्जा लिएर गुम्बा पुगिएको उपाध्यक्ष सिर्जना तामाङले बताइन्। आज बिहानसम्म २०१ ले बिरामी परेको भन्दै नाम दर्ता गराएका छन्। उनीहरुमध्ये १५० मा रुघाखोकी र अत्यधिक ज्वरो देखिएको अध्यक्ष श्रेष्ठले बताए।

प्रकाशित मिति: १४:१४ बजे, बुधबार, माघ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्