Kathmandu Press

प्रधानमन्त्री कप एनभिए भलिबल : महिलातर्फ न्यू डायमन्ड, पुलिस र एपिएफ विजयी

सातौं संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सोमबार महिलातर्फ न्यू डायमन्ड स्पोर्टस क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब विजयी भएका छन्।
प्रधानमन्त्री कप एनभिए भलिबल : महिलातर्फ न्यू डायमन्ड, पुलिस र एपिएफ विजयी

काठमाडौं, असार २५ : सातौं संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सोमबार महिलातर्फ न्यू डायमन्ड स्पोर्टस क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब विजयी भएका छन्

त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा न्यू डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो। न्यू डायमन्डले एभरेस्ट क्बलमाथि २५–१७, २५–१२ र २५–१२को सहज जित निकाल्यो।

प्रतियोगितामा न्यू डायमन्डको यो लगातार दोस्रो जित हो । यसअघि उसले आइतबार गण्डकी प्रदेशलाई हराएको थियो । यता पराजित एभरेस्टको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा उ पुलिससाग पराजित भएको थियो।

त्यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा नेपाल एपिएफ क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमै हरायो । गण्डकीमाथि एपिएफले २५–१२, २५–१८ र २५–८ को सहज जित निकाल्यो।

महिलातर्फ नै सोमबार नै भएको विभागीय डर्बीमा पुलिस क्लब विजयी भयो । पुलिसले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्यो। पुलिसले आर्मीलाई २५–१८, २५–१२ र २५–१८ ले हरायो।

 

प्रकाशित मिति: १४:५३ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्