Kathmandu Press

कोरोना भाइरसको नाम यसरी राखियो ‘कोभिड-१९’

काठमाडौं, माघ २९ : चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट लाग्ने रोगको नामकरण गरिएको छ। विश्व स्वास्थ्य संघ (डब्लूएचओ)ले यस रोगको नाम ‘को....

कोरोना भाइरसको नाम यसरी राखियो ‘कोभिड-१९’

काठमाडौं, माघ २९ : चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट लाग्ने रोगको नामकरण गरिएको छ। विश्व स्वास्थ्य संघ (डब्लूएचओ)ले यस रोगको नाम ‘कोभिड-१९’ राखेको छ।

डब्लूएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसिसले यसको नाम कोबिड–१९ राखिएको बताए। कोरोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु र ४० हजारभन्दा बढी संक्रमित भएपछि यस रोगको नामकरण गरिएको हो।

भाइरसको बर्गिकरण गर्ने अन्तर्राष्ट्रिय कमिटीले यसलाई ‘एसएआरएस–सीओभी–२’ भनेको छ। यसमा उत्पन्न हुनसक्ने द्विविधालाई हटाउँन यसको नामकरण गरिएको जनाएको छ।

काेराेना भाइरस।

डब्लूएचओले कोरोनाको पहिलो दुई अक्षर ‘सीओ’, भाइरसको पहिलो दुई अक्षर ‘भीआई’ र डिजिजको पहिलो अक्षर ‘डी’ मिलाएर कोभिड ‘सीओभीआईडी’ नाम बनाएको छ। यसको सुरू भएको वर्ष सन् २०१९ लाई लिएर ‘१९’ जोडेको छ। जसले गर्दा यस भाइरसबाट हुने रोगलाई ‘कोभिड–१९’ नाम दिइएको हो।

बुधबार बिहानसम्म कोरोना भाइरस अर्थात कोभिड–१९ रोगबाट मृत्यु हुनेको संख्या एक हजार एक सय पुगेको छ। दुई जनाबाहेक सबैको चीनमै मृत्यु भएको हो।

काेराेना भाइरस फैलिएका देशहरु।

त्यस्तै, यो रोग लागेका बिरामीको संख्या ४५ हजारभन्दा बढी पुगेको छ। चीनसहित २७ देशमा यो रोग देखिएको छ।

चीनपछि सबैभन्दा बढी जापानामा १६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यस्तै, सिंगापुरमा ४५, थाइल्यान्डमा ३२, दक्षिण कोरियामा २८, थाइवानमा १८, मलेसियामा १८, अस्ट्रेलियामा १५, भियतनाममा १५, जर्मनीमा १४, अमेरिकामा १३, फ्रान्समा ११, यूएईमा ८ र बेलायतमा ८ जना बिरामी भेटिएका छन्।

यस्तै, क्यानाडामा सात, भारतमा तीन, फिलिपिन्समा तीन, इटालीमा तीन, रसियामा दुई, स्पेनमा दुई, कम्बोडिया, फिनल्यान्ड, नेपाल, श्रीलंका, स्विडेन र बेल्जियममा एक–एक जना बिरामी भेटिएका छन्।

 

 

प्रकाशित मिति: १२:२३ बजे, बुधबार, माघ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्