आरिफको स्थानमा पवनलाई मौका
अर्का अलराउन्डर आरिफ सेखले व्यक्तिगत कारणले टिमबाट नाम फिताए लिएपछि क्यानले पवनलाई टिममा बोलाएको हो।
काठमाडाैं, असार १५ : नेपाल क्रिकेट संघ (क्यान)ले अलराउन्डर पवन सर्राफलाई टिममा बोलाएको छ। क्यानले लामो समयदेखि टिमबाहिर रहँदै आएका अलराउन्डर सरार्फलाई एसिसी प्रिमियर टिम्स एसिया कपका लागि टिमका बोलाएको हो।
अर्का अलराउन्डर आरिफ सेखले व्यक्तिगत कारणले टिमबाट नाम फिताए लिएपछि क्यानले पवनलाई टिममा बोलाएको हो। यसअघि शुक्रबार घोषणा गरिएको १६ सदस्यीय टिममा पवन थिएनन्।
पनवले राष्ट्रिय टिमबाट ८ एकदिवसीय र १७ टि–२० आई खेलेका छन्। जसमा उनले एकदिवसीयमा ३१ रन र ४ विकेट लिएका छन् भने टि–२० १४५ रन र ३ विकेट लिएका छन्। उनले अन्तिम पटक गत वर्ष केन्यासँगको टि–२० सिरिज खेलेका थिए।
प्रकाशित मिति: १२:१६ बजे, सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











