रामेश्वर फुयाँल बागमतीका भौतिक पूर्वाधारमन्त्री नियुक्त
काठमाडौं, माघ २९ : बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन्।
मुख्यमन्त्री डोरमणि पौडेलले ....

काठमाडौं, माघ २९ : बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन्।
मुख्यमन्त्री डोरमणि पौडेलले फुयाँललाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका हुन्। उनको आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।
यसअघि संविधानसभा सदस्यसमेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न बनेका हुन्।
तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेका थिए। उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए। आजदेखि फुयाँलले सम्हाल्नेछन्।
बागमती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाँल मन्त्री बन्ने चर्चा निकै चलेको थियो।
बागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहेका फुयाँल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संविधानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बन्न नियुक्त भएका हुन्।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
