Kathmandu Press

इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको बिदाइ

श्रीलंकामा आया्ेजना हुने प्रतियोगिताका लागि क्यानले एक कार्यक्रम आयोजना गर्दै नेपाली टोलीको बिदाइ गरेको हो।
इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको बिदाइ

काठामाडाैं, असार २५ : एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टिमको बिदाइ गएिको छ। श्रीलंकामा आया्ेजना हुने प्रतियोगिताका लागि क्यानले एक कार्यक्रम आयोजना गर्दै नेपाली टोलीको बिदाइ गरेको हो।

१३ जुलाईदेखि हुने प्रतियोगिताका नेपाली टिम आजै श्रीलंका प्रस्थान गर्ने छ। प्रतियोगितामा नेपालसँगै पाकिस्तान, भारत र युएई समूह बीमा छन्। प्रतियोगितामा सहभागी नेपालले फुल टिम पठाउँदा अन्य ७ टिमले भने ए टिम पठाएका छन्।

जुलाई १४मा पाकिस्तानसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ। जुलाई १७मा नेपालले दोस्रो खेल भारतसँग र जुलाई १९मा युएईसँग खेल्ने छ।

प्रतियोगिताका लागि क्यानले २ दिनअघि अगाडि नै १६ सदस्यीय टिम घोषणा गरेको छ। क्यानले ५ सिरियिर नेपाली बाहिर राख्दै टिम घोषणा गरेको छ।

नेपाली टिम : कुशल भुर्तेल, आरिफ सेख, अर्जुन साउद, रोहित पौडेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, ललित राजवंशी, किशोर महतो, प्रतिश जिसी, सन्दीप जोरा, सूर्य तामाङ ।

प्रकाशित मिति: ११:५६ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्