Kathmandu Press

प्रधानमन्त्री कप एनभिए भलिबल : आर्मी र एपिएफको लगातार दोस्रो जित

दोश्रो जित निकाल्ने क्रममा आर्मीले दावाली मिलन क्लबलाई २–१९, २५–११, २५–२० अंकले पराजित गर्दै गरेको छ। पहिलो दिनको आर्मीले सैलुङ बाघढुंगा क्लबलाई हराएको थियो।
प्रधानमन्त्री कप एनभिए भलिबल : आर्मी र एपिएफको लगातार दोस्रो जित
प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबलको दोस्रो दिन महितर्फ विभागीय डर्बीमा त्रिभुवन आर्मी र एपिएफ क्लबका खेलाडीहरु । खेल एपिएफले ३–२ले जित्यो।

काठमाडाैं, असार २४ : त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबलमा पुरुषतर्फ लागतार दोस्रो जित निकालेका छन्।

दोश्रो जित निकाल्ने क्रममा आर्मीले दावाली मिलन क्लबलाई २–१९, २५–११, २५–२० अंकले पराजित गर्दै गरेको छ। पहिलो दिनको आर्मीले सैलुङ बाघढुंगा क्लबलाई हराएको थियो।

यस्तै एपिएफले दोस्रो खेलमा आइतबार गण्डकी प्रदेश भलिबल क्लबलाई ३–१ ले पराजित गर्दै थप ३ अंक जोडेको हो। पहिलो सेट २१–२५ ले गुमाएको एपिएफ खेलमा फर्कदै लगातार बाँकी तीन सेट २५–२१, २५–२३, २५–१७ ले जित्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भएको हो । हिजोको पहिलो खेलमा एपिएफले दावाली मिलन क्लबलाई पराजित गरेको थियो।

प्रतियोगिताको दावेदार टिम टिपटप हेल्प नेपालले पनि आज आफ्नो पहिलो खेलमा सैलुङ बाघढुंगा स्पोर्टस् कलब, रामेछापलाई ३–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो।  ३ पाकिस्तानी खेलाडी सहित कोर्टमा उत्रेको हेल्प नेपालले सैलुङ्गलाई २५–१२, २५–१५, २५–१९ ले पराजित गरेको हो।

नेपाल भलिबल संघको आयोजनमा भएको लिगको महिला तर्फको खेलमा एपिएफले आर्मीलाई ३–२ सेटले पराजित गर्दै अंक बाँढ्न बाध्य भयो। संघर्षपूर्ण खेलमा पहिलो र दोश्रो सेट ३०–२८, २५–२३ ले जितेको एपिएफले तेश्रो र चौथो सेट गुमाउन पुग्यो । आर्मीले तेश्रो सेट २०–२५ र चौथो सेट १९–२५ ले जित्यो।

निर्णायक तथा पाँचौ सेट आर्मीले खेलको लयलाई गुमाउन पुग्दा एपिएफले १५–६ ले जित हात पार्दै जितलाई आत्मसाथ गरेता पनि आर्मी संग अंक बाँढ्न पुग्यो । आजको जितबाट एपिएफको २ अंक र हारका बावजुद पनि आर्मीको १ अंक भएको छ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फकै अर्को खेलमा होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई ३–० सेटले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोड्यो । डायमन्डले गण्डकीलाइ २५–१७, २५–१६, २५–१५ ले पराजित गरेको हो।

प्रकाशित मिति: २०:२४ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्