Kathmandu Press

प्रेस युनियन काठमाडौँको अध्यक्षमा दुलाल

काठमाडौं, माघ २९ : नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित भएका छन्  । युनियनको मङ्गलबार सम्पन्न आठौँ जिल्ला अध....

प्रेस युनियन काठमाडौँको अध्यक्षमा दुलाल

काठमाडौं, माघ २९ : नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित भएका छन्  । युनियनको मङ्गलबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट दुलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

अध्यक्षका अर्का उम्मेदवार महेश्वर गौतमलाई ९२ मतान्तरले हराउँदै दुलाल निर्वाचित भएका हुन्। दुलालले २८५ मत प्राप्त गर्दा निकतम प्रतिद्धन्द्धी गौतमले १९३ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रकाश रावलले जानकारी दिए ।  कूल ८४३ सदस्य रहेको काठमाडौँ शाखामा अध्यक्ष पदका लागि निर्वाचन हुँदा ४७७ मत खसेको थियो ।

Hardik ivf

शाखाको उपाध्यक्ष खुलामा अच्युत रेग्मी, समावेशी उपाध्यक्षमा टुकामाया भण्डारी, सचिवमा अक्कलबहादुर कुँवर, सहसचिवमा सञ्चिता खनाल र कोषाध्यक्षमा निरास तामाङ निर्विरोध निर्वाचित भए । 

यस्तै सदस्यमा मनोज भण्डारी, निर्मल धिताल, रोशन सापकोटा, नवराज भट्ट, प्रवीण श्रेष्ठ, घनश्याम श्रेष्ठ, लोकेन्द्र भट्ट र राधा ढुङ्गाना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित अध्यक्ष दुलालले लोकतन्त्रवादी पत्रकारलाई एकजुट बनाई श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति: ०८:५३ बजे, बुधबार, माघ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्