Kathmandu Press

चीनमा रहेका विद्यार्थीलाई फागुन ३ गते ल्याईने, खरिपाटीमा राख्न स्थानीय पनि सहमत

काठमाडौं, माघ २८ : सरकारले चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते स्वदेश ल्याउने भएको छ। 

आज बसेको मन्त्रिपरिषद ब....

चीनमा रहेका विद्यार्थीलाई फागुन ३ गते ल्याईने, खरिपाटीमा राख्न स्थानीय पनि सहमत

काठमाडौं, माघ २८ : सरकारले चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते स्वदेश ल्याउने भएको छ। 

आज बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको त्रासमा रहेका उनीहरुलाई फागुन तीन गते ल्याउने निर्णय गरेको हो। उनीहलाई नेपाल ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाज पठाइने भएको छ। वुहानमा रहेका १८० नेपाली विद्यार्थीले नेपाल आउनका लागि आवेदन दिएका छन्। 

चीनबाट ल्याइने उनीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको भवनमा राखिने विषयमा पनि आजै सहमति भएको छ। खरिपाटीका स्थानीयले यसअघि विरोध गर्दै आएकोमा आजै स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, तीनवटै सुरक्षा निकाय र स्थानीयबीच भएको छलफलपछि सहमति भएको छ। 

खरिपाटीमा राखिनेको निगरानीका लागि ८६ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसका विषयमा विषेश तालिम पनि दिइएको छ। उनीहरुलाई १४ दिनसम्म त्यहाँ राखेर मात्रै घर जान दिइने छ। 

प्रकाशित मिति: १९:०० बजे, मंगलबार, माघ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्