Kathmandu Press

मैत्रीपूर्ण खेलका लागि नेपाली महिला टिमको घोषणा

नेपालले एसियन गेम्सको तयारीका लागि जुलाई १३ र १६ मा बंगलादेशसँग उसकै मैदानमा २ मैत्रीपूर्ण खेल्ने तालिका छ।
मैत्रीपूर्ण खेलका लागि नेपाली महिला टिमको घोषणा

काठमाडौं, असार २२ : अर्को साता हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको घोषणा गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशविरुद्धको २ मैत्रीपूर्ण खेलका लागि शुक्रबार साँझ २३ सदस्यीय टिम घोषणा गरेको हो।

नेपालले एसियन गेम्सको तयारीका लागि जुलाई १३ र १६ मा बंगलादेशसँग उसकै मैदानमा २ मैत्रीपूर्ण खेल्ने तालिका छ।

तीन दिनको प्रशिक्षण पश्चात मुख्य प्रशिक्षक अनन्त थापाले टिम घोषणा गरेका हुन्। टिममा गीता राना र प्रिती राईले पुनरागमन गर्दा अञ्चली वाइबाले पनि टिममा स्थान बनाएकी छिन्। गीता र प्रिती चोटका कारण पछिल्लो समय टिमबाहिर दिए।

नेपाली टिम : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना रानामगर, उषा नाथ (गोलकिपर), अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, अञ्चली वाइबा, समिक्षा घिमिरे (डिफेन्डर), रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही (मिडफिल्डर), सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी (स्ट्राइकर) ।

प्रकाशित मिति: २१:१९ बजे, शुक्रबार, असार २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्