केजरिवाल अत्यधिक बहुमतसहित तेस्रो पटक मुख्यमन्त्री हुँदै
काठमाडौं, माघ २८ : आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरिवाल तेस्रो पटक अत्यधिक बहुमतले मुख्यमन्त्री हुन लागेका छन्। उनको पार्टी अत्यधिक जितको नजिक ....

काठमाडौं, माघ २८ : आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरिवाल तेस्रो पटक अत्यधिक बहुमतले मुख्यमन्त्री हुन लागेका छन्। उनको पार्टी अत्यधिक जितको नजिक पुगेको छ।
मंगलबार साँझ ६ बजेसम्मको मत गणनाअनुसार, केजरिवालको पार्टीले ७० सिटमध्ये २९ सिटमा जित हासिल गरेको छ। आपले ३४ सिटमा अग्रता लिइरहेको छ।
अग्रता लिएका सबै सिटमा फराकिलो अन्तर रहेको छ। अग्रता लिएका सबै सिटमा जित हासिल गरे ७० सिटको दिल्ली विधानसभामा आपका ६३ सिट हुनेछन्। यस अघि सन् २०१५ को निर्वाचनमा आपले ६७ सिटमा जित हासिल गरेको थियो।
त्यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)ले दुई सिटमा जित हासिल गरेको छ। भाजपाले थप पाँच सिटमा अग्रता लिइरहेको छ। अघिल्लो चुनावमा भाजपाले तीन सिट जितेको थियो।
कांग्रेसले भने यस पटक पनि कुनै सिट नजित्ने देखिएको छ। गत निर्वाचनमा पनि कांग्रेसले कुनै सिटमा जित हासिल गरेको थिएन्।
यो जितसँगै केजरिवाल तेस्रो पटक मुख्यमन्त्री हुनेछ। उनी पहिलो पटक सन् २०१५ मा मुख्यमन्त्री भएका थिए। त्यतवेला कांग्रेससँग मिलेर सरकार बनाएका थिए।
केही महिनामै राजीनामा दिएर निर्वाचन गराएका थिए। दोस्रो पटक निर्वाचन हुँदा ६७ सिट जितेर मुख्यमन्त्री भएका थिए।
केजरिवालले दुई सिटमा जित हासिल गरेका छन्। विजयी घोषणा भएलगत्तै उनले हनुमान मन्दिरको दर्शन गरेका छन्।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
