Kathmandu Press

थ्री स्टारको ‘टप सिक्स’ पक्का

काठमाडौं, माघ २८ : शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले कठीन जित हात पारको छ। लिगको १२औं चरणअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा थ्री स्टारले न्....

थ्री स्टारको ‘टप सिक्स’ पक्का

काठमाडौं, माघ २८ : शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले कठीन जित हात पारको छ। लिगको १२औं चरणअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा थ्री स्टारले न्युरोड टिम (एनआरटी)लाई १–० ले हराउँदै ‘टप सिक्स’मा आफ्नो स्थान सुरक्षित गरेको हो।

१२ खेलमा थ्री स्टारको २३ अंक भएको छ र अहिले चौथो स्थानमा छ। एनआरटी १५ अंकका साथ आठौं स्थानमा छ। अन्तिम खेलमा च्यासल युथ क्लबसँग पराजित भएपनि थ्री स्टार टप सिक्सबाट बाहिरिने छैन।

यता लिग टप सिक्समा सकाउने एनआरटीको योजनामा भने यो हारले धक्का लागेको छ। अन्तिम खेलमा हिमालयन शेर्पालाई हराए पनि उसको टप सिक्स सुरक्षित हुनछैन। एनआरटी टप सिक्समै रहनका लागि शेर्पालाई हराउनु पर्ने छ र संकटा तथा नेपाल पुलिस क्लबको हारको कामना गर्नुपर्नेछ।

एनआरटीविरुद्ध थ्री स्टारलाई जित दिलाउन दीपेश घलले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७औं मिनेटमा गोल गर्दै दीपेशले टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलमा कुनै गोल नहुँदा दीपेशकै गोल निर्णायक भयो।

 

प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, माघ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्