Kathmandu Press

डे लिड नायक बन्दा नेदरल्यान्ड्स विश्वकपमा

जिम्बाबेमा जारी छनोट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा अर्को एसोसिएट राष्ट्र स्कटल्यान्डलाई स्तब्ध बनाउँदै नेदरल्यान्ड्समा भारत हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो।
डे लिड नायक बन्दा नेदरल्यान्ड्स विश्वकपमा

काठमाडाैं, असार २१ : एसोसिएट राष्ट्र नेदरल्यान्ड्स एकदिवसीय विश्वापका लागि छनोट भएको छ। जिम्बाबेमा जारी छनोट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा अर्को एसोसिएट राष्ट्र स्कटल्यान्डलाई स्तब्ध बनाउँदै नेदरल्यान्ड्समा भारत हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो।

हरारे स्पोट्स क्लबमा भएको खेलमा नेदरल्यान्ड्सले स्टकल्यान्डमाथि ४ विकेटको सानदार जित निकाल्यो। नेदरल्यान्ड्सलाई विश्वकपमा छनोट हुन २७८ रनको लक्ष्य ४४ ओभरमा पुरा गर्नुपर्ने थियो। उसले सो लक्ष्य ४३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।

विश्वकप स्थान बनाउने क्रममा नेदरल्यान्ड्सले स्कटल्यान्ड र जिम्बाबेलाई रनरेटमा पछि पा¥यो। सुपर सिक्समा तीनै टिमको समान ६ अंक छ। नेदरल्यान्ड्ससँगै श्रीलंकाले पनि यसअघि नै विश्वापमा स्थान सुरक्षित गरिसकेको छ।

नेदरल्यान्ड्सलाई विश्वकपमा पु¥याउने क्रममा बास डे लिडले बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरे। उनले बलिङमा ५ विकेट र ब्याटिङमा शतक प्हार गरे। आक्रामक ब्याटिङ गरेका उनले ९२ बलमा ७ चौका ५ छक्का प्रहार गर्दै १२३ रन बनाए।

यस्तै, विक्रमजित सिंहले ४०, सकिब जुल्फिकरले ३३ र कप्तान स्कट इडवाड्सले २५ रनको योगदान दिए। स्कटल्यानडका माइकल लेस्कले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको स्कटल्यान्ड निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २७७ रन बनायो । उसका लागि ब्रान्डन म्याक्मुलेनले शतकीय योगदान दिए। उनले ११० बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै १०६ रन बनाए।

यस्तै, कप्तान रिचेइ बेरिङ्टनले ८४ बलमा ६४ रन बनाउँदा थोमस माकिन्टोसले ३८ र क्रिस्टोफर म्याकब्रिडले ३२ रनको योगदान दिए।

नेदरल्यान्डका डे लिडले १० ओभरमा ५२ रन खर्चेर ५ विकेट लिए। यस्तै, रायल क्लेइनले २ र लोगन भान विकले १ विकेट लिए।

प्रकाशित मिति: २०:२६ बजे, बिहीबार, असार २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्