अख्तियारका प्रमुख आयुक्त र आयुक्तलाई महाअभियोग लगाउनुपर्छ : सांसद गिरी
काठमाडौं, माघ २८ : सांसद सरिता गिरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूलाई महाअभियोग लगाउन पर्ने बताएकी छन्।
मंगल....

काठमाडौं, माघ २८ : सांसद सरिता गिरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूलाई महाअभियोग लगाउन पर्ने बताएकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै समाजवादी पार्टी सांसद गिरीले प्रतिपक्षी कांग्रेससहितका सबै दल मिलेर प्रमुख आयुक्त र आयुक्तहरूविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गर्नुपर्ने बताइन्। बालुवाटार जग्गा प्रकरणमा अख्तियारले संवैधानिक आयोगले गर्नुपर्ने कार्यबाट चुकेको बताइन्।
उनले भनिन्, ‘संविधानको धारा १०१ को उपधारा २ ले एक चौथाइ सांसदले अख्तियार प्रमुख र सदस्यहरूले ठीकसँग काम नगरेको खण्डमा महाअभियोग प्रस्ताव दर्ता गराउन सकिन्छ भनेर अधिकार दिएको छ। प्रतिपक्षीले महाअभियोग प्रस्ताव दर्ता किन गर्न सकेको छैन?’
उनको प्रश्न थियो, ‘प्रमुख प्रतिपक्षले लेनदेन गरेर महाअभियोग नलगाइरहेको हो? संविधानले अधिकार दिएको छ भने हामीले महाअभियोग लगाउनुपर्छ।’
उनले यस अघिका महाअभियोग प्रस्तावको जिकिर गर्दै अख्यितारका प्रमुख आयुक्त र आयुक्तहरूविरुद्ध तत्कालै महाअभियोग प्रस्ताव दर्ता गर्नुपर्ने बताइन्। ‘अदालतमा मुद्दा भएको भए के हुन्छ? तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाइएकै हो,’ नेतृृ गिरीले भनिन्।
बालुवाटारको जग्गा खरिद गर्नेलाई मुद्दा नलगाएर अख्तियारले गैरसंवैधिानक काम गरेको उनको जिकिर थियो। उनको प्रश्न थियो, ‘सर्वोच्च अदालतका न्यायाधीशले जमिन फिर्ता गरिदिएकोले र सत्तारुढ दलका ठूला नेताका छोराले जमिन फिर्ता गरेकाले मुद्दा नचलाइएको हो? उहाँहरूले अपराध स्वीकार गरिसक्नुभएको छ। उहाँहरूलाई कहाँ सोधिनेछ प्रश्न?’
उनले नेकपा महासचिव विष्णु पौडेलका छोरा र सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध पनि मुद्दा चलाउनु पर्ने उनको भनाइ थियो।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
