Kathmandu Press

स‌ंसद् अवरोध नगर्ने कांग्रेसको निर्णय

काठमाडौं, माघ २८ : प्रमुख प्रतिपक्षी कांग्रेसले आज बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने भएको छ। मंगलबार बिहान सिंहदरवारमा बसेको कांग्रेस संसदीय दल....

स‌ंसद् अवरोध नगर्ने कांग्रेसको निर्णय

काठमाडौं, माघ २८ : प्रमुख प्रतिपक्षी कांग्रेसले आज बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने भएको छ। मंगलबार बिहान सिंहदरवारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् चल्न दिने निर्णय गरेको हो।

उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा लगाएपछि कांग्रेसले संसद अवरुद्ध गर्दै आएको थियो। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले संसद् अवरुद्ध नगर्ने निर्णय गरिएको बताए।

उनले अख्यितार सरकारको छायाँ बनेको आरोप लगाउँदै भने, ‘अनियमितता, भ्रष्टाचार र संवैधानिक अंगहरुको दुरुपयोगबारे कांग्रेस सांसदहरुले सदनमा कुरा उठाउनु हुन्छ। आज बोलाइएको सदन चल्न दिन्छौं।’

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारलगायत १७५ जना विरुद्ध मुद्दा दर्ता गरेको छ। त्यसको विरोधमा कांग्रेसले बिहीबार, शुक्रबार र आइतबार संसदमा अवरोध गरेको थियो। जसका कारण संसद् चल्न सकेको थिएन्।

कांग्रेसले अवरोध नगर्ने भएपछि आज दिउँसो १ बजे बोलाइएको संसद् बैठक चल्ने भएको छ।

प्रकाशित मिति: १३:०४ बजे, मंगलबार, माघ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्