Kathmandu Press

स्मार्ट पार्किङको एपनै चल्दैन, जहिले ‘लोडिङ’ मात्रै

काठमाडौं, माघ २८ : काठमाडौं महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्न सञ्चालनमा ल्याएको स्मार्ट पार्किङको एप नै चल्न छोडेको छ। केही महिनादेखि एपले &lsq....

स्मार्ट पार्किङको एपनै चल्दैन, जहिले ‘लोडिङ’ मात्रै

काठमाडौं, माघ २८ : काठमाडौं महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्न सञ्चालनमा ल्याएको स्मार्ट पार्किङको एप नै चल्न छोडेको छ। केही महिनादेखि एपले ‘लोडिङ’ मात्रै देखाउने गरेको छ।

काठमाडौं महानगरले जेठ १६ देखि स्मार्ट पार्किङ सुरू गरेको थियो। महानगरभित्रका पर्यटकीय स्थलमा पार्किङलाई व्यवस्थापन गर्न स्मार्ट पार्किङको व्यवस्था गरेको थियो।

सेवाग्राहीले अनलाइनमार्फत नै पार्किङका लागि बुकिङ गर्न मिल्ने व्यवस्था गरेको थियो। पार्किङको व्यवस्थापन भइरहे पनि एप भने काम गर्दैन।

Hardik ivf

स्मार्ट पार्किङको एप जहिले ‘लोडिङ’ मा गएर अड्किने गरेको सेवाग्राही बताउँछन्। विशाल बजारअगाडि स्मार्ट पार्किङमा बिल काट्न बसेका सरोज दुलाल अहलिे अनलाईन बुकिङबाट आउने क्रम नदेखिएको बताए। ‘पहिलेपहिले अनलाइनबाट बुकिङ गरेर चार–पाँच दिनमा एक–दुई जना आउथे, अहिले त्यो पनि आउदैनन्,’ उनले भने।

उनले पनि लोडिङ मात्रै भइराख्ने गरेको बताए। ‘अनलाइनमार्फत बुकिङ गरेको हेर्न मिल्दैन। लोडिङ मात्र भइराख्ने खालको समस्या देखिएको छ,’ दुलालले भने।

स्मार्ट पार्किङको एप नचल्ने गरेको काठमाडौं नगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले पनि स्वीकारे। ‘दैनिक अनलाइनबाट बुकिङ नहुँदा एप दैनिक सञ्चालनमा आएन। भित्रि सडक मर्मत हुँदा अष्टिकल फाइबरको कारणले एप सञ्चालनमा समस्या आएको छ,’ उनले भने।

महानगरले बसन्तपुरको वरिपरि पाँच स्थानमा स्र्माट पार्किङ तोकेको थियो। अनलाइनबाटै बुकिङ गरि १५ मिनेट भित्र पार्किङ स्थलमा पुग्नु पर्ने व्यवस्था गरिएको थियो। तर, एप नै नचल्ने भएपछि अनलाइन बुकिङ गर्न समस्या भएको छ।

महानगरका अनुसार अहिले स्मार्ट पार्किङका लागि पाँच स्थानमा गरेर एकै पटकमा आठ सय दुईपांग्रे र ४० वटा चारपांग्रे गाडी पार्किङ गर्न सकिने व्यवस्था गरिएको छ। विशाल बजारमा दुईपाङ्ग्रे सवारीका लागि एक सय ६५, प्युखामा एक सय ११, पाकोमा एक सय ५०, खिचापोखरीमा दुई सय ३० र दरबारमार्गमा इक सय २५ दुईपांग्रे सवारीसाधनको पार्किङ गर्न सकिन्छ।

त्यस्तै, चारपांग्रे गाडीका लागि धर्मपथमा ५० र दरबारमार्गमा ३३ सवारी साधनका लागि स्थान उपलब्ध रहेको छ।

प्रकाशित मिति: १२:४४ बजे, मंगलबार, माघ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्