प्रतिस्पर्धात्मक खेलमा नेपाल आयरल्यान्डसँग पराजित
जिम्बाबेको हरारेमा भएको खेलमा नेपालले दिएको २६९ रनको चुनौतीपूर्ण लक्ष्य आयरल्यान्डले ४ बल बाँकी छँदा ८ विकेट गुमाउँदै भेट्टायो।
काठमाडाैं, असार १९ : एकदिवसीय विश्वकप छनोटको सातौं स्थानको प्लेअफ फाइनलमा नेपाल आरयल्यान्डसँग २ विकेटले पारजित भयो । जिम्बाबेको हरारेमा भएको खेलमा नेपालले दिएको २६९ रनको चुनौतीपूर्ण लक्ष्य आयरल्यान्डले ४ बल बाँकी छँदा ८ विकेट गुमाउँदै भेट्टायो।
याे पराजयसँगै नेपाल विश्वकप छनाेटमा आठौं भएको छ भने आयरल्यान्ड सातौं भएको छ। नेपालले आरयल्यान्डसँग पहिलाे पटक एकदिवसीय खेल खेलेकाे हाे।
आयरल्यान्डका लागि ह्यारी टेक्टर र कर्टिस च्याम्परले अर्धशतक बनाए। च्याम्परले ५९ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६२ रन बनाए भने टेक्टरले ७६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ६० रन बनाए। यस्तै, जर्ज डक्रेलले ३३ रन बनाउँदा लर्कन टुकरले २४ रनको योगदान दिए।
नेपालका लागि करण केसीले ४ विकेट लिए। उनले १० ओभरमा १ मेडनसहित ५८ रन खर्चिए । यस्तै, किशोर महतोले २ तथा गुल्सन झा र सन्दीप लामिछानेले समान १ विकेट लिए।
हरारेमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २६९ रन बनाए। जारी प्रतियोगितमा नेपालको दोस्रो ठूलो स्कोर हो। चुनौतीपूर्ण स्कोर खडा गर्नेक्रममा नेपाली ब्याट्सम्यानले तीन अर्धशतीय साझेदारी गरे।
भीम सार्की, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल लगातार आउट हुँदा नेपाल १६२–४ बाबाट १६९–७को दबाबपूर्ण अवस्थामा पुगेको थियो । त्यसपछि रहेको बेला गुल्सन झा र सन्दीप लामिछानेले ६७ बलमा ८० रनको सनसनीपूर्ण साझेदारी गर्दै नेपाललाई उच्च स्कोरतर्फ डोहो¥याए।
नटआउट रहेका गुल्सनले अर्धशतक बनाए । उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५७ रन बनाए। यो एकदिवसीय उनको तेस्रो अर्धशतक हो। सन्दीपले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए।
त्यसअघि पाँचौं विकेटका लागि कुशल मल्ल र भीम सार्कीले पनि ५६ बलमा ५९ रनको महत्वपूर्ण साझेदारी गरे। कुशलले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४४ रन बनाउँदा भीम सार्की ३१ बलमा २० रन बनाएर आउट भए।
त्यसअघि कुशल भर्तुेल ९८० र ज्ञानेन्द्र मल्ल ९७० सस्तैमा आउट भएपछि दबाबमा आएको नेपाललाई कप्तान रोहितकुमार पौडेल र अर्जुन साउदले अर्धशतकीय साझेदारी गर्दै दबाबबाट निकालेका थिए। यी दुई तेस्रो विकेटका लागि ६३ बलमा ५० रनको साझेदारी गरे। अर्जुनले ८४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४८ रन बनाउँदा रोहितले ३५ बलमा २९ रन बनाए।
आयरल्यान्डका लागि मार्क अदाइर, ब्यारी म्याकार्थी र कारिङ योङले समान २ विकेट लिए। एकदिवसीयमा नेपालले पहिलो पटक आयरल्यान्डसँग खेलेको हो।











