Kathmandu Press

विश्वकप लिग-२ : ओमान र अमेरिका भिड्दै

काठमाडौं, माघ २८ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज ओमान र अमेरिकाबीच खेल भइरहेको छ। पहिले ब्याटिङ गरिरहेको ओमान राम्रो स्थितिमा रहेको छ।

....
विश्वकप लिग-२ : ओमान र अमेरिका भिड्दै

काठमाडौं, माघ २८ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज ओमान र अमेरिकाबीच खेल भइरहेको छ। पहिले ब्याटिङ गरिरहेको ओमान राम्रो स्थितिमा रहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले १४ ओभरको खेल सकिँदा दुई विकेट गुमाएर ५२ रन बनाएको छ।

प्रारम्भीक ब्याट्सम्यान जतिन्द्र सिंह र खवर अलीलाई ३१ रनमै गुमाएको ओमानको इनिङलाई अकिब इयास र जीसन मक्सुदले सम्हालिरहेका छन्।
अहिले अकिब १७ र जीसन १३ रनमा खेलिरहेका छन्।

अमेरिकाका लागि एसएन नेत्रवाकर र जे थेरोनले एक–एक विकेट लिएका छन्।

यस अघिको खेलमा ओमानले अमेरिकालाई पराजित गरेको थियो।

प्रकाशित मिति: १०:४२ बजे, मंगलबार, माघ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्