करण, किशोर र गुल्सनले विकेट लिँदा दबाबमा आयरल्यान्ड
तीन फास्ट बलर करण केसी, किशोर महतो र गुसल्न झाले समान १ विकेट लिएपछि टेस्ट राष्ट्र दबाबमा परेको हो।
काठमाडौं, असार १९ : जिम्बाबेमा जारी एकदिवसीय विश्वकप छनोटको सातौं स्थानको प्लेअफ फाइनलमा नेपालले आरयल्यान्डलाई दबाबमा राखेको छ।
हरारेमा २६९ रनको पछ्याएको आयरल्यान्डलाई नेपालले सुरुआतदेखि नै दबाबमा राखेको हो। तीन फास्ट बलर करण केसी, किशोर महतो र गुसल्न झाले समान १ विकेट लिएपछि टेस्ट राष्ट्र दबाबमा परेको हो।
करणले नेपाललाई पाँचौं आभेरको चौथोबलमा पहिलो सफलता दिलाएका थिए। उनले ओपनर एन्डी म्याकब्रिनलाई कुशल भुर्तेलबाट क्याच आउट गरएका थिए। यस्तै, छैठौैं ओभरको तेस्रो बलमा किशारले एन्डी बलबिरेनलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए।
यस्तै, अर्का ओपनर पाउल स्टर्लिङलाई गुल्सनले १२औं ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए।
ताजा अवस्थामा आयरल्यान्डले १४ ओभरमा ६६ रन बनाउँदा ३ विकेट गुमाएको छ।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले गुल्सन झाको अर्धशतक मद्दतमा ९ विकेटको क्षतिमा २६८ रन बनाएको थियो।











