भीम, दीपेन्द्र र कुशल लगातार आउट, १६९ रनमा नेपालले ७ विकेट गुमायो
३५.२ ओभरमा १६२ रन बनाउँदा ४ विकेट गुमाएको नेपालले त्यसपछि लगातार ३ विकेट गुमाएको थियो। भीम सार्की, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल लगातार आउट भए।
काठमाडाैं, असार १९ : एकदिवसीय विश्वकप छनोटको सातौं स्थानको प्लेअफ फाइनलमा नेपालले टेस्ट राष्ट्र आरयल्यान्डविरुद्ध १६९ रन जोड्दा ७ विकेट गुमाएको छ।
३५.२ ओभरमा १६२ रन बनाउँदा ४ विकेटकाे अवस्थामा नेपालले त्यसपछि लगातार ३ विकेट गुमाएको थियो। भीम सार्की, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल लगातार आउट भए।
हरारेमा जारी खेलमा नेपालले ३७ ओभरमा १६९ जोड्दा ७ विकेट गुमाएको हो। एन्डी म्याकब्रेनको बलमा आउन हुनुअघि भीमसले ३१ बलमा १ चौका प्रहार गर्दै २० रन बनाए। यस्तै, दीपेन्द्रसिंह ऐरी डकआउट भए।
आक्रामक इनिङ खेलेका कुशलले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४४ रन बनाए। भीम र कुशलले पाँचौं विकेटका लागि ५६ बलमा ५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ओपर कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ललाई सस्तैमा गुमाए पनि अर्का ओपनर अर्जुन साउद र कप्तान रोहित पौडेलले नेपालको इनिङ सम्हालेका थिए।
अर्जुन र रोहितले तेस्रो विकेटका लागि ६३ बलमा ५० रनको महत्वपूर्ण साझोदारी गरेका थिए। अर्जुनले ८४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४७ रन बनाए भने रोहितले ३५ बलमा २ चौका र १ छक्का प्रहार गरे।
आयरल्यान्डका लागि कारिङ योङ र ब्यारी म्याकार्थीले समान २ विकेट लिँदा, कर्टिस क्याम्पर, गेराथ डेलानी र एन्डी म्याकब्रेइनले समान १ विकेट लिए।











