Kathmandu Press

आयरल्यान्डविरुद्ध नेपालको सय रन पुरा

नेपालले २५ ओभरमा ३ विकेट गुमाउँदै १ सय रन पुरा गरेको हो। नेपालले पहिलो पटक एकदिवसीय क्रिकेटमा आयरल्यान्डको सामाना गरिरहेको हो।
आयरल्यान्डविरुद्ध नेपालको सय रन पुरा

काठमाडाैं, असार १९ : एकदिवसीय विश्वकप छनोटको सातौं स्थानको प्लेअफ फाइनलमा नेपालले अहिले जिम्बबेको हरारेमा टेस्ट राष्ट्र आरयल्यान्डसँग खेलिरहेको छ। जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १ सय रन पुरा गरेको छ।

नेपालले २५ ओभरमा ३ विकेट गुमाउँदै १ सय रन पुरा गरेको हो। नेपालले पहिलो पटक एकदिवसीय क्रिकेटमा आयरल्यान्डको सामाना गरिरहेको हो।

ओपर कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ललाई सस्तैमा गुमाए पनि अर्का ओपनर अर्जुन साउद र कप्तान रोहित पौडेलले नेपालको इनिङ सम्हालेका थिए।

तेस्रो विकेटमा रुपमा रोहित २९ रन बनाएर आउट भए । कर्टिस क्याम्परको सट बलमा आउट भएका उनले ३५ बलमा २ चौका र १ छक्का प्रहार गरे।

यस्तै, अर्जुनले ८१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४७ रन बनाएका छन् । अर्जुन र रोहितले तेस्रो विकेटका लागि ५० रनको महत्वपूर्ण साझेदारी गरेका छन्।

त्यसअघि कुशल भुर्तेलले ८ र ज्ञानेन्द्र मल्ल ७ रन बनाएर आउट भएका थिए। दुवै विकेट कारिङ योङले लिएका थिए।

 

प्रकाशित मिति: १४:३४ बजे, मंगलबार, असार १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्