एसिसी यू–१६ इस्ट जोन कप : नरेनको शतकमा फाइलनमा नेपाल लियो मलेसियालाई २५३ रनको विशाल लक्ष्य
जारी फाइनलमा पहिला ब्याटिङ गरेको नेपालका लागि नरेन भट्टले सानदार शतक प्रहार गरेपछि विशाल योगफल बनायो।
काठमाडाैं, असार १९ : मलेसियामा जारी एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको प्रतियोगिताको फाइलनमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको विशाल लक्ष्य दिएको छ।
जारी फाइनलमा पहिला ब्याटिङ गरेको नेपालका लागि नरेन भट्टले सानदार शतक प्रहार गरेपछि विशाल योगफल बनायो। नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटका क्षतिमा २८२ रन बनायो।
आक्रामक ब्याटिङ गरेका नरेनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै नटआउट ११२ रन बनाए । यस्तै निरज यादवले यादवले ४९ बलमा ६ चौकाको सहयोगमा ४७ रन बनाउँदा सन्तोष यादवले २९ बलमा २ चौकाको सहयोगमा २६ र सूर्यांशु कोईरालाले १८ रन बनाए।
मलेसियाका लागि मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १ विकेट लिए ।
उमेर समूहको क्रिकेट नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ । यसअघि नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो।











