साफ च्याम्पियनसिप फुटबलको उपाधिक लागि आज भारत र कुवेत खेल्दै
फाइनल खेल बेलुका पौने ८ बजे बेङ्ग्लोरमा रहेको कान्तिरभा मैदानमा हुनेछ । सेमिफाइनल खेलमा घरेलु टोली भारतले लेबनानलाई र कुवेतले बङ्लादेशलाई हराएर फाइनलमा पुगेको हो ।
काठमाडौं, असार १९ : चौधौँ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि आज भारत र कुवेत खेल्दैछन् ।
फाइनल खेल बेलुका पौने ८ बजे बेङ्ग्लोरमा रहेको कान्तिरभा मैदानमा हुनेछ । सेमिफाइनल खेलमा घरेलु टोली भारतले लेबनानलाई र कुवेतले बङ्लादेशलाई हराएर फाइनलमा पुगेको हो ।
भारतले लेबनानलाई पेनाल्टीमा हराएको थियो । साफमा भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ ।
लेबनान र कुवेतले यसपटक आमन्त्रित टोलीका रुपमा साफ च्याम्पियनसिप खेलेका हुन् । साविक उपविजेता नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
प्रकाशित मिति: ०८:२१ बजे, मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार