Kathmandu Press

क्रिकेट खेलाडीले प्रतिखेल पाँच हजार रुपैयाँ पाउने

काठमाडौं, माघ २८ : नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले प्रत्येक खेलमा म्याच फि का रुपमा ५ हजारा रुपैयाँ पाउने भएका छन् ।

सोमबार बसेको नेपाल क्....

क्रिकेट खेलाडीले प्रतिखेल पाँच हजार रुपैयाँ पाउने

काठमाडौं, माघ २८ : नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले प्रत्येक खेलमा म्याच फि का रुपमा ५ हजारा रुपैयाँ पाउने भएका छन् ।

सोमबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमितिको बैठकले ओडिआई र टि–२० आई खेल्ने खेलाडीलाई ५ हजार म्याच फि दिने निर्णय गरेको हो । क्यानका अनुसार यो निर्णय २०२० को जनवरीबाट लागु हुने छ । यस्तै राष्ट्रिय क्रिकेट टिमका खेलाडीको वर्गीकरणको लागि समेत क्यानले एक समिति गठन गरेको छ । क्यानले खेलाडीको वर्गीकरणका लागि ३ सदस्यी समिति पनि गठन गरेको छ।

 रोशनकुमार सिंहको संयोजकत्वमा गठन गरिएको समितिमा अमितवीर पान्डे र दुर्गाराज पाठक रहेका छन् । समितिले पुरुषतर्फ २४ खेलाडीलाई ए प्लस, ए, बी र सी श्रेणी र महिलातर्फ १८ खेलाडीलाई ए, बी र सी श्रेणी विभाजन गरेर संघलाई पेश गर्ने छन् । उनीहरुले आफ्नो श्रेणी अनुसार तलब पाउने छन् । क्यानले चैतको तेस्रो साताबाट पुरुषको एकदिवसीय प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरेको छ।
 

प्रकाशित मिति: ०८:२१ बजे, मंगलबार, माघ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्