Kathmandu Press

युएईले दियो नेपाललाई १८२ रनको लक्ष्य

सन्दीप लामिछाने र करण केसीले उत्कृष्ट बलिङ गरेपछि नेपालले टस हारेर पहिला ब्याटिङ गरेको युएईलाई ४६.५ ओभरमा १८१ रनमा अलआउट गरेको हो।
युएईले दियो नेपाललाई १८२ रनको लक्ष्य

काठमाडाैं, असार १७ : आईसिसी एकदिवसीय विश्वकप छनोटको सातौं स्थानको प्लेअफमा नेपालले युएईविरुद्ध उत्कृष्ट बलिङ गरेको छ। हरारेमा भएको खेलमा पहिला ब्याटिङ गर्दै युएईले नेपाललाई १८२ रनको सामान्य लक्ष्य दिएको छ।

सन्दीप लामिछाने र करण केसीले उत्कृष्ट बलिङ गरेपछि नेपालले टस हारेर पहिला ब्याटिङ गरेको युएईलाई ४६.५ ओभरमा १८१ रनमा अलआउट गरेको हो।

युवा खेलाडीहरुलाई मौका दिएको युएईका लागि कप्तान वृत्य अरविन्दले सर्वाधिक ४४ रन बनाउँदा रोहन मुस्तफाले ३५, विशाल हमिदले २९ र अर्यान्स शर्माले २८ रनको योगदान दिए।

युएईलाई सस्तैमा रोक्ने क्रममा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए। सन्दीपले १० ओभरमा ३ मेडनसहित २३ रन मात्र खर्चिए भने करणले ८.५ ओभरमा ३६ रन खर्चिए। यस्तै, प्रतिश जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले पनि विकेट लिए।

प्रकाशित मिति: १६:२७ बजे, आइतबार, असार १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्