Kathmandu Press

विश्वकप छनोटका लागि प्रारम्भिक टिम घोषणा, साफ खेलेका ६ जना टिममा परेनन्

एनेसले साफ खेलेका गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डर निशान खड्का, मिडफिल्डरहरु पुजन उपरकोटी, नविन लामा र मणि लामा तथा स्ट्राइकर दिपकराज सिंह ठकुरी लाई विश्वाप छनोटका प्रारम्भिक टिममा राखेनन्।
विश्वकप छनोटका लागि प्रारम्भिक टिम घोषणा, साफ खेलेका ६ जना टिममा परेनन्

काठमाडाैं, असार १७ : आसन्न विश्वकप छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ। मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले आइतबार ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका हुन्।

मुख्य प्रशिक्षक एनेसले साफ च्याम्पियनसिप खेलेको टिमका ६ जना खेलाडीलाईमा टिममा राखेका छैनन्। एनेसले साफ खेलेका गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डर निशान खड्का, मिडफिल्डरहरु पुजन उपरकोटी, नविन लामा र मणि लामा तथा स्ट्राइकर दिपकराज सिंह ठकुरी लाई विश्वाप छनोटका प्रारम्भिक टिममा राखेनन्।

विशालले राष्ट्रिय टिमबाट सन्न्यासको तयारी गरेको र अन्य खेलाडी अस्ट्रेलिया जाने तयारीमा रहेकाले उनीहरुलाई प्रारम्भिक टिममा नराखिएको बताइएको छ।

नेपालले अक्टोबरमा फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ। दुई लेगमा हुने उक्त प्लेअफ चरण पार गरेपछि मात्र दोस्रो चरणमा नेपाल छनोट हुनेछ ।

प्रारम्भिक नेपाली टिम

किरण चेम्जोङ, अनिष देउला, अभिषेक बराल, दिप कार्की (गोलरक्षक), विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई (डिफेन्डर), एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, क्रितिशरत्न छुन्जु (मिडफिल्डर), आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्तिमगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन (स्ट्राइकर)।

प्रकाशित मिति: १५:११ बजे, आइतबार, असार १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्