दुई पटकको च्याम्पियन वेस्ट इन्डिज विश्वकपमा पुग्न असफल
जिम्बाबेमा जारी छनोट प्रतियोगितामा स्टकल्यान्डसँग पराजित भएपछि वेस्ट इन्डिज विश्वापमा पुग्न असफल भएको हो।
काठमाडाैं, असार १६ : दुई पटकको विश्व च्याम्पियन यसैवर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्न असफल भएको छ। जिम्बाबेमा जारी छनोट प्रतियोगितामा स्टकल्यान्डसँग पराजित भएपछि वेस्ट इन्डिज विश्वापमा पुग्न असफल भएको हो।
हरारेमा शनिबार भएको सुपरसिक्सको पहिलो खेलमा टेस्ट राष्ट्र जिम्बाबे एसोसिएट्स राष्ट्र स्कटल्यान्डसँग ७ विकेटले पराजित भयो। विश्वकप छनोटमा वेस्टइन्जिड लगातार दोस्रो पटक एसोसिएट्स राष्ट्रसँग पराजित भएको हो। यससअघि समूहको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो।
२ खेलमात्र खेल्न बाँकी रहेको अवस्थामा सुपरसिक्समा जिम्बाबे र श्रीलंकाले ६ अंक जोडिसकेकाले वेस्टइन्डिज विश्वकपमा पुग्न असफल भएको हो।
यता, वेस्टइन्डिजलाई हराएसँगै स्कटल्यान्डको विश्वकप पुग्ने सम्भाना भने कायमै छ। अपराजित जिम्बाबे र श्रीलंका तथा स्कटल्यान्ड र नेदरल्यान्ड्स मध्ये २ टिम विश्वकपमा छनोट हुने छन्। जिम्बाबे र श्रीलंको समान ६ अंक छ भने स्कटल्यान्डको ४ र नेदरल्यान्ड्सको २ अंक छ।
पहिला ब्याटिङ गर्दै वेस्टइन्डिजले दिएको १८२ रनको सामान्य लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । उसका लागि म्याथ्यु क्रसले ७४ र ब्रान्डन म्याकमुलेनले ६७ रनको योगदान दिए। वेस्टइन्डिजका जासन होल्डर, रोमारियो सेफर्ड र अकिल हुसेनले समान १ विकेट लिए।
त्यसपछि पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले ४३.५ ओभरमा अलआउट हुँदै १८१ रन मात्र बनाउन सक्यो। उसका लागि होल्डरले सर्वाधिक ४५ रन बनाउँदा सेफर्डले ३६, ब्रान्डन किङले २२ र निकोलन पुरनले २१ रन बनाए।
वेस्टइन्डिजको इनिङ धरासायी बनाउने क्रममा स्कटल्यान्डका म्याकमुलेन ३ तथा क्रिस सोल, मार्क वाट र क्रिस ग्रेभ्सले समान २ विकेट लिए।











