कुवेत साफ च्याम्पियनसिपको फाइनलमा
बेंगलुरुस्थित कान्तिराव स्टेडियममा शनिबार भएको खेलमा बंगलादेशलाई १–०ले हराउँदै कुवेत फाइनलमा प्रवेश गरेकोा हो।
काठमाडाैं, असार १६ : साफ च्याम्पियनसिप फुटबलको आमन्त्रित टिम कुवेत फाइनलमा प्रवेश गरेको छ। बेंगलुरुस्थित कान्तिराव स्टेडियममा शनिबार भएको खेलमा बंगलादेशलाई १–०ले हराउँदै कुवेत फाइनलमा प्रवेश गरेकोा हो।
कुवेतलाई जित दिलाउन अब्दुल्लाह अलब्लाउसीले गोल गरे। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा अलब्लाउसीले गोल गर्दै कुवेतलाई फाइनलमा पु¥याए।
आमन्त्रित टिमका रुपमा प्रतियोगितामा भाग लिएको कुवेत पहिलो सहभागीतामै उपाधि नजिक पुगेको हो। यता, बंगलादेशको भने १८ वर्षपछि फाइलन खेल्ने सपना पुरा हुन सकेन।
अब कुवेतले उपाधिका लागि आजै हुने भारत र लेवनानबीचको विजेतासँग खेल्ने छ।
प्रकाशित मिति: १८:५८ बजे, शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











