Kathmandu Press

ए डिभिजन लिगको उपाधि होड रोमाञ्चक, मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो

काठमाडौं, माघ २७ : सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि होड रोमाञ्चक बनेको छ। 

सोमबार भएको खेलमा संकटा क्लबलाई हराउँदै मच्छिन्द्....

ए डिभिजन लिगको उपाधि होड रोमाञ्चक, मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो

काठमाडौं, माघ २७ : सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि होड रोमाञ्चक बनेको छ। 

सोमबार भएको खेलमा संकटा क्लबलाई हराउँदै मच्छिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएपछि उपाधि होड रोमाञ्चक बनेको हो। शीर्ष स्गानमा उक्लिने क्रममा मच्छिन्द्रले संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो।

खेलको ४४ औं मिनेटमा मछिन्द्रका लागि देवेन्द्र तामाङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको मच्छिन्द्रले दोस्रो हाफमा थप दुई गोल गरेको थियो।

खेलको ७४ औं मिनेटमा विशाल राई ‘बी’ ले गोल गरेपछि मच्छिन्द्र २–० अघि बढ्यो। खेलको ८३ औं मिनेटमा दीपक राईले टोलीका लागि तेस्रो गोल गरेका थिए।
संकटाका लागि खेलको ८९ औं मिनेटमा मेसुको जिन पिएरेले सान्तोना गोल गरेका थिए।

जितपछि १२ खेलबाट २८ अंकका साथ मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो। एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब २६ अंकसहित दोस्रो स्थानमा छ। आर्मीले मंगलबार ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ।

मंगलबारको खेलमा ब्रिगेड ब्वाइजलाई हराए आर्मीले अन्तिम खेलमा मच्छिन्द्रको सामना गर्नेछ। त्यही खेलबाट उपाधिको छिनोफानो हुनेछ।

बिग्रेड ब्वाइजलाई हराएको खण्डमा आर्मीले अन्तिम खेलमा मच्छिन्द्रलाई बराबरीमा रोकपनि उपाधि उचाल्ने छ। त्यस्तो अवस्थामा मच्छिन्द्रलाई भने आर्मीविरुद्ध जित निकाल्नै पर्ने हुन्छ।
 

प्रकाशित मिति: १८:१४ बजे, सोमबार, माघ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्