Kathmandu Press

सिरहामा बसको ठक्करबाट दुई जनाको मृत्यु

लहान, माघ २७ : सिरहाको नरहा गाउँपालिका–५ पानबारी चोकमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

सिरहाबा....

सिरहामा बसको ठक्करबाट दुई जनाको मृत्यु
सांकेतिक

लहान, माघ २७ : सिरहाको नरहा गाउँपालिका–५ पानबारी चोकमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

सिरहाबाट धरान जाँदै गरेको ना ४ ख ९२४१ नम्बरको यात्रुबाहक बसले सदरमुकाम सिरहातर्फ आउँदै गरेको लु १६ प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा सिरहा नगरपालिका–३ निवासी ४५ वर्षीय शैलेन्द्र मण्डल र २९ वर्षीय अमन मण्डलको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

बसको ठक्करबाट गम्भीर घाइते भएका दुवैको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १७:१७ बजे, सोमबार, माघ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्