आईजीपीको नियुक्तिबारे मन्त्रिपरिषद् बैठक अनिर्णित
काठमाडौं, माघ २७ : सोमबार बसेको मन्त्रिपरिषद् बैठक नयाँ आईजीपी छान्ने विषयमा अनिर्णित बनेको छ।
सोमबारको बैठकले आईजीपी छान्न नसकेपछि मन....

काठमाडौं, माघ २७ : सोमबार बसेको मन्त्रिपरिषद् बैठक नयाँ आईजीपी छान्ने विषयमा अनिर्णित बनेको छ।
सोमबारको बैठकले आईजीपी छान्न नसकेपछि मन्त्रिपरिषद् बैठक भोलि (मंगलबार) बस्ने भएको छ। ‘आजको बैठकले आईजीपीबारे निर्णय गर्न सकेन। त्यसैले भोलि फेरि मन्त्रिपरिषद् बैठक बोलाइएको छ,’ एक मन्त्रीले भने।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण मंगलबारबाट अनिवार्य अवकाश पाउँदैछन्। खनालसँगै उनका व्याजी रहेका एआईजीहरुले समेत अवकाश पाउने भएकाले डिआईजीबाट सिधैं आईजीपी बनाइनेछ।
डिआईजी ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्य उपाध्याय आईजीपीका प्रमुख दावेदार हुन्। तर, मन्त्रिपरिषद् बैठकमा ज्ञवाली र लम्सालबारेमा रस्साकस्सी भएको स्रोतले बतायो।
‘ज्ञवाली र लम्साल कसलाई आईजीपी बनाउने भन्ने विषय पेचिलो बनेको छ,’ गृहमन्त्रालय स्रोतले भन्यो। ज्ञवाली र लम्साल जो आईपीपी बनेपनि सेवा अवधिका कारण असारसम्म मात्रै नेपाल प्रहरीको नेतृत्व गर्न पाउनेछन्।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
