Kathmandu Press

कांग्रेसको अवरोधपछि प्रदेश १ काे प्रदेशसभा बैठक स्थगित

विराटनगर, माघ २७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ। 

सोमबार झण्डै २० ....

कांग्रेसको अवरोधपछि प्रदेश १ काे प्रदेशसभा बैठक स्थगित
फाइल

विराटनगर, माघ २७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ। 

सोमबार झण्डै २० मिनेट ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए। कांग्रेसको विरोधपछि प्रदेश १ को प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो।

ललिता निवास जग्गा प्रकरणमा प्रतिनिधिसभा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक पूर्वाग्रह राखेर विशेष अदालतमा मुद्दा दायर गरेको र मुख्य दोषीलाई मुद्दा नचलाएको भन्दै कांग्रेसले संसद बैठकमा अवरोध गर्दै आएको छ। 

प्रकाशित मिति: १६:३९ बजे, सोमबार, माघ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्