फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो
यसै महिना भएका ४ मध्ये ३ खेलमा पराजित भएपछि नेपालको वरियता खस्किएको हो।
काठमाडाैं, असार १४ : फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान तल झर्दै १७५औं स्थानमा आएको हो।
यसै महिना भएका ४ मध्ये ३ खेलमा पराजित भएपछि नेपालको वरियता खस्किएको हो। मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो भने साफ च्याम्पियनसिपमा कुवेत र भारतसँग पराजित भएको छ। साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई हराएको थियो।
दक्षिण एसियामा भारत १००औं स्थानका साथ शीर्ष स्थानमा छ। यस्तै माल्दिभ्स १५४औं, भुटान एक स्थान सुधार गर्दै १८४औं, बंगलादेश १९२औं, पाकिस्तान २०१औं र श्रीलंका २०७औं स्थानमा छ।
विश्व वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा रहँदा फ्रान्स दोस्रो स्थानमा छ । त्यस्तै ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौं स्थानमा छन्।
प्रकाशित मिति: १८:४९ बजे, बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











