समाज रुपान्तरणको अभिभारा पूरा गर्न धेरै लामो यात्रा तय गर्न बाँकी छ : विद्यादेवी भण्डारी
उनले जनताका बीचमा गएर परिवर्तनलाई सुधार गर्दै मुलुकलाई समृद्ध बनाउन सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिइन्।
काठमाडाैं, असार १४ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको अभिभारा पूरा गर्न धेरै लामो यात्रा तय गर्न बाँकी रहेको बताएकी छन्।
जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भण्डारीले त्यस्ताे बताएकी हुन्।
राजनीतिक रुपमा केही संरचनात्मक परिवर्तन भए पनि क्रान्ति सम्पन्न हुन बाँकी रहेको उनकाे भनाइ थियाे।
उनले जनताका बीचमा गएर परिवर्तनलाई सुधार गर्दै मुलुकलाई समृद्ध बनाउन सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिइन्।
प्रकाशित मिति: १८:२३ बजे, बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











