जनअपेक्षाअनुसार सेवा प्रवाह गर्न अदालत प्रतिबद्ध छ : न्यायाधीश खड्का
‘अदालत पारदशी र छिटोछरितो हुनुपर्छ न्याय सम्पादन गर्नुपर्छ भन्नेमा प्रतिबद्ध छौं। हामीले गर्ने कामकारवाहीहरु आदेश र फैसलाको माध्यमबाट सार्वजनिक हुने भएकाले पत्रकारहरुसँग अलि कमै मात्रामा प्रत्यक्ष रुपमा कुरा हुने गरेको छ,’ उनले भने।
काठमाडौं, साउन १ : काठमाडौं जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले अदालतलाई पारदर्शी, छिटोछरितो र जनउत्तरदायी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
काठमाडौं जिल्ला अदालतद्वारा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायाधीश खड्काले अदालतका कामकारबाही आदेश र फैसलामार्फत सार्वजनिक हुने भएकाले सञ्चारमाध्यमसँग प्रत्यक्ष संवाद अपेक्षाकृत कम हुने गरेको बताए।
‘अदालत पारदशी र छिटोछरितो हुनुपर्छ न्याय सम्पादन गर्नुपर्छ भन्नेमा प्रतिबद्ध छौं। हामीले गर्ने कामकारवाहीहरु आदेश र फैसलाको माध्यमबाट सार्वजनिक हुने भएकाले पत्रकारहरुसँग अलि कमै मात्रामा प्रत्यक्ष रुपमा कुरा हुने गरेको छ,’ उनले भने।
उनले न्यायपालिकाले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने उल्लेख गर्दै अदालतका सम्पूर्ण गतिविधि पारदर्शी र नागरिकले जानकारी पाउने ढंगले सञ्चालन गरिनुपर्नेमा जोड दिए।
न्यायाधीश खड्काले सीमित स्रोत र साधनका बाबजुद आधुनिक प्रविधिको प्रभावकारी उपयोग गर्दै सेवाप्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र जनअपेक्षाअनुरूप बनाउन आवश्यक रहेको बताए।
‘जनताप्रति उत्तरदायी भएर काम गर्ने क्रममा हामीले गरेका सम्पूर्ण कामहरु पारदर्शी र जनताले थाहा पाउने गरेर गर्नुपर्छ । सिमित स्रोत र साधनलाई व्यवस्थित र आधुनिक प्रविधिको प्रयोग गरेर जनाताको अपेक्षा अनुरुप हामीले सेवा प्रवाह कसरी गर्नुपर्छ भन्ने कुरामा विशेष जोड दिइनुपर्छ,’ उनले भने।
कार्यक्रममा न्यायाधीश ईश्वर पराजुलीले पनि अदालतको सेवा प्रवाह, न्याय सम्पादन र न्यायिक प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा आफ्नो धारणा राखेका थिए।









![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)