Kathmandu Press

एमालेलाई बदनाम गर्न संसदमा कसैले जलहरीकाे विषय ल्याएर उचाले : ओली

बिहीबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले जलहरी विषयमा आफ्नो सरकारले पशुपति क्षेत्र विकास कोषलाई पैसामात्रै दिने काम गरेको भन्दै अन्य विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका हुन्।
एमालेलाई बदनाम गर्न संसदमा कसैले जलहरीकाे विषय ल्याएर उचाले : ओली

काठमाडाैं, असार १४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका छन्। 

बिहीबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले जलहरी विषयमा आफ्नो सरकारले पशुपति क्षेत्र विकास कोषलाई पैसामात्रै दिने काम गरेको भन्दै अन्य विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका हुन्।

उनले संसदमा एमालेलाई बदनाम गर्न कसैले यो विषयलाई उचालेको तर्क गरे। ओलीले पशुपतिमा कसैले सुन नै खाएको भए पनि त्यो आफ्नो सरोकारको विषय नभएको उल्लेख गरे।

ओलीले उद्घाटन र शिलान्याश गर्नेको नाम राख्ने गरिएको भए पनि यस विषयमा आफूलाई केही जानकारी नभएको जिकिर गरे।

ओलीले वर्तमान सरकार स्वार्थसँग अडिएको पनि बताए। अध्यक्ष ओली धान दिवसका सहभागी हुन चितवन पुगेका हुन्।

प्रकाशित मिति: १८:१९ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्