कोसी प्रदेशसभाको बैठक ३० मिनेटका लागि स्थगित
मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावका विषयमा दलका तर्फबाट सांसदहरुले आफ्ना कुरा राखेपछि ३० मिनेटका लागि स्थगित गरिएको हो।
विराटनगर, असार १४ : कोसी प्रदेशसभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ। सभामुख बाबुराम गौतमले ३० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावका विषयमा दलका तर्फबाट सांसदहरुले आफ्ना कुरा राखेपछि ३० मिनेटका लागि स्थगित गरिएको हो।
आजै हुने दोस्रो बैठकमा मुख्यमन्त्री कार्कीले छलफलका क्रममा दलका नेताहरूले उठाएको सवालमा जवाफ दिनेछन्। त्यसपछि मतदान प्रक्रिया सुरू हुनेछ।
प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार