Kathmandu Press

सरकारले मुआब्जा वितरण नगर्दा तीनकुने पार्क अलपत्र

काठमाडौं माघ २७ : सरकारले मुआब्जा वितरणमा ढिलाइ गर्दा तीनकुनेस्थित बुद्ध पार्क निर्माण अलपत्र परेको छ। सरकारले वेवास्ता गर्दा काम गर्न नसकिएको का....

सरकारले मुआब्जा वितरण नगर्दा तीनकुने पार्क अलपत्र
रिवाज राई

काठमाडौं माघ २७ : सरकारले मुआब्जा वितरणमा ढिलाइ गर्दा तीनकुनेस्थित बुद्ध पार्क निर्माण अलपत्र परेको छ। सरकारले वेवास्ता गर्दा काम गर्न नसकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरले १० वर्षदेखि पार्क निर्माणका लागि बजेट छुट्याउँदै आएको छ। तर, स्थानीय वासिन्दा र सरकारबीच मुआब्जा वितरणमा सहमति नहुँदा कामले गति लिन सकेको छैन।

Hardik ivf

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएकाले तीनकुने चोकमा बुद्धको मूर्ति राखेर ठूलो पार्क निर्माण गर्ने महानगरले तयारी गरेको थियो। यस क्षेत्रमा रहेको ४५ रोपनीमध्ये २३ रोपनी जग्गाको मुआब्जा वितरणमा ढिलाइ हुँदा काम गर्न नसकिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए। ‘स्थानीयले चलनचल्तीको दरअनुसार, मुआब्जा मागेका छन्, सरकारले दिन मानेको छैन,’ डंगोलले भने, ‘यो विवाद नटुङ्गिदा काम गर्न सकिएको छैन।’

यो पार्क निर्माणको जिम्मा काठमाडौं महानगरापालिकालाई दिइएको छ। यसको मुआब्जा भने सरकारले नै तिर्नुपर्छ। तर, सरकारले वास्ता नगर्दा दश वर्षदेखि काम रोकिएको छ। महानगरले यस वर्ष पनि पार्क निर्माणका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको प्रवक्ता डंगोलले बताए। ‘अघिल्ला वर्षमा पनि ५० लाखदेखि एक करोडसम्म विनियोजन हुँदै आएको थियो, यो वर्ष दुई करोड छुट्याएका छौं,’ उनले भने।

अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्कने हरेक पर्यटकको नजर बुद्धको मूर्तिमा परोस भन्ने सोचेर पार्क निर्माण गर्न लागिएको उनको भनाइ छ। यस विषयमा सरकारसँग पटकपटक छलफल गरिएको उनले बताए। ‘महानगर पार्क बनाउन तयारी अवस्थामा छ । तर, सरकारले मुआब्जा तिर्ने काम समयमा सकिदिनुपर्‍यो,’ उनले भने।

 

प्रकाशित मिति: १३:३१ बजे, सोमबार, माघ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्