Kathmandu Press

साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा  

बङ्लादेश सेमिफाइनलमा पुगेको छ । सन् २००९ पछि बङ्लादेश पहिलो पटक साफ च्याम्पियनसिपको अन्तिम चारमा पुग्न सफल भएको हो । त्यसअघि हिजो भएको खेलमा लेवनानले माल्दिभ्सलाई १–० गोलले हरायो ।
साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा  

काठमाडौं, असार १४ : भारतको बेङ्ग्लोरमा चलिरहेको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । कान्तिरभा फुटबल मैदानमा हिजो भएको खेलमा बङ्लादेश भुटानलाई ३–१ ले गोलले हराउँदै समूह ‘बी’को उपविजेता बनेको छ ।

बङ्लादेश सेमिफाइनलमा पुगेको छ । सन् २००९ पछि बङ्लादेश पहिलो पटक साफ च्याम्पियनसिपको अन्तिम चारमा पुग्न सफल भएको हो । त्यसअघि हिजो भएको खेलमा लेवनानले माल्दिभ्सलाई १–० गोलले हरायो ।

लेवनान समूह ‘बी’को विजेता बनेको छ । अब सेमिफाइनलमा लेवनानले भारत र बङ्लादेशले कुवेतसँग खेल्नेछ ।

पर्सि शनिवार हुने पहिलो सेमिफाइनल कुवेत र बङ्लादेश तथा दोस्रो सेमिफाइनल भारत र लेवनानबीच खेल हुनेछ । समूह ‘ए’ बाट नेपाल र पाकिस्तान समूह चरणबाटै बाहिरिएका थिए ।

प्रकाशित मिति: ०८:३२ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्