बाराका सिडिओ भट्टराईको उपचारका क्रममा निधन
काठमाडौं, फागुन ६ : एक महिनाअघि सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारका क्रममा निधन भएको छ ।
उनक....

काठमाडौं, फागुन ६ : एक महिनाअघि सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारका क्रममा निधन भएको छ ।
उनको सोमबार दिउँसो उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्काले दिउँसो १ः३० बजे उपचारका क्रममा निधन भएको काठमाडौंप्रेसलाई जानकारी दिए ।
सिडिओ भट्टराई चढेको ना १ झ १६३३ नम्बरको गाडीे बाराको पिलुवामा माघ १२ गते दुर्घटना भएको थियो । ट्रयाक्टरसँग ठोक्किंदा भएको दुर्घटनामा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको घटनास्थलमै निधन भएको थियो ।
घाइते सिडिओ भट्टराईलाई वीरगञ्ज हेल्थकेयरमा उपचार गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको थियो ।











