चीनमा रहेका नेपालीको तत्काल उद्धार गर्न मानवअधिकार आयोगको निर्देशन
काठमाडाैं, माघ २६ : राष्ट्रिय मानवअधिकार आयोगले चीनको हुबेई प्रान्तमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ।
`निवासबा....

काठमाडाैं, माघ २६ : राष्ट्रिय मानवअधिकार आयोगले चीनको हुबेई प्रान्तमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ।
`निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको, लामो समयसम्म निवास बन्दीजस्तै जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएको, जति लामो समय चीनमा रह्यो त्यति नै उनीहरू संक्रमणको जोखिममा रहेका छन्,´ आयोगले भनेको छ,`आयोगको आइतबार बसेको आकस्मिक बैठकले नेपाल सरकारलाई आफ्ना नागरिकहरूलाई शीघ्र सुरक्षित रूपमा स्वदेश फकने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको छ।´
गत दुई हप्तादेखि चीनको हुबेई प्रान्तमा रहेका करीब १८५ विद्यार्थी र अन्य नागरिकहरू नोबेल कोरोना भाइरसको संक्रमणबाट त्रस्त भइरहेको र उनीहरूको शीघ्र जीवन रक्षा गरिदिन माग गर्दै उनीहरूका अभिभावक आयोगको कार्यालय पुगेका थिए।
आयोगले चीनमा रहेका नेपाली नागरिकको स्वास्थ्य अवस्थाको जानकारी र स्वदेश फिर्ता गर्ने सम्बन्धमा सम्बन्धित मन्त्रालयले गरेको काम कारवाहीबारे आवश्यक जानकारी लिनका लागि परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगमा बोलाउने निर्णय पनि गरेको छ।
आयोगले चीनको रहेका नेपालीको जीवन जोखिममा पर्न सक्नेतर्फ संवेदनशील भएर सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन पनि सरकारलाई आग्रह गरेको छ।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
